जिल्ला न्यायाधीशहरुको सरुवा, दैलेखमा लम्साल

दैलेखः न्याय परिषद्को मंगलबार बसेको बैठकले देशभर लगाएत कर्णाली प्रदेशका विभिन्न जिल्लाका जिल्ला न्याधीशको सरुवा गरेको छ । दैलेख जिल्ला अदालतमा रुपन्देहीबाट बलराम लम्साल आउँने भएका छन् भने दण्डपाणी लामिछाने सिराह सरुवा भएको हो । सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार कार्कीको सप्तरी जिल्ला अदालतमा सरुवा भएको छ भने सुर्खेतमा विष्णुप्रसाद अर्याल र मनोज श्रेष्ठ सरुवा भै आएका छन् । अर्याल पर्सा र श्रेष्ठ मकवानपुरबाट सरुवा भै आएका हुन्। यद्यपी श्रेष्ठ सुर्खेतमै काजमा कार्यरत थिए ।
दैलेख जिल्ला अदालतमा रुपन्देहीबाट बलराम लम्साल आएका छन् भने दैलेखका दण्डपाणी लामिछाने सिराह सरुवा भएका छन् । जुम्लामा जिल्ला अदालतमा काठमाण्डौबाट विष्णुप्रसाद गौतम आएका छन् भने जुम्लाका शिवप्रसाद खनाल लमजुङ जिल्ला अदालत सरुवा भएका छन् । मुगु जिल्ला अदालतमा झापाबाट दिलकुमार बर्देवा र मुगुका पुण्यप्रसाद सापकोटा सुनसरी सरुवा भएका छन् । रुकुम जिल्ला अदालतमा खड्ग बहादुर केसी पाल्पाबाट र रुकुमका विद्याराज पौडेल पर्सा सरुवा भएका छन् । सल्यानमा गिरीराज गौतम सिराहबाट सरुवा आएका छन् भने, सल्यानका कुलप्रसाद पाण्डे दाङ सरुवा भएका छन् । कालीकोट जिल्ला अदालतमा भरत लम्साल कञ्चनपुरबाट र कालीकोटका लालकाजी श्रेष्ठ सप्तरी सरुवा भएका छन् । हुम्ला जिल्ला अदालतमा सुर्खेतबाट दिलप्रसाद सापकोटा र हुम्लाका जगतबहादुर पौडेल दाङ सरुवा भएका छन् । डोल्पा जिल्ला अदालतमा बाबुराम सुवेदी रौतहटबाट र डोल्पाका केशवराज चपाई जाजरकोट जिल्ला अदालतमा सरुवा भएका छन् । रुकुमकोटमा श्यामलाल घिमिरे प्यूठानबाट सरुवा आएका छन् भने रुकुमकोटका सनतचन्द्र लवत बाँके जिल्ला अदालतमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार